डेजाभु प्रकरण :दरबार्गका डीएसपीलाई स्पष्टिकरण सोधियो

डेजाभु प्रकरण :दरबार्गका डीएसपीलाई स्पष्टिकरण सोधियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं प्रहरी परिसरले काठमाडौंको दरबारमार्गस्गित क्लब डेजाभुमा भएको तोडफोडको घटनाबारे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी तिलक भारतीसंग स्पष्टीकरण सोधेको छ । बुधबार राति बुधबार राति क्लवमा भएको तोडफोडको घटनामा प्रहरीको कमजोरी देखिएको गुनासो आएपछि डीएसपी भारतीसंग स्पष्टीकरण सोधिएको हो ।

 

 

त्यस्तै, आजबाट नै क्लब डेजाभुका अगाडि रहेको सडकमा सवारीसाधन पार्किङ निषेध गर्न परिसरले वृत्तलाई निर्देशन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । नारायणहिटी गेटदेखि जय नेपाल हलसम्म डेजाभुका ग्राहकले गर्ने सवारी पार्किङका कारण सो क्षेत्रमा सवारी आगमनमा असर पर्ने गरेको थियो ।

 

 

काठमाडौंको दरबारमार्गमा रहेको क्लब डेजाभुमा बुधबार राति तोडफोड भएको हो । तोडफोडका कारण क्लबमा ठूलो क्षति पुगेको छ । क्लबको भित्री भागमा सबै क्षति भएको हो ।

 

 

 

हुबाबेको प्रायोजनमा क्लब व्यवस्थापनले प्रख्यात डीजे मार्समेलो आउने भन्दै केही महिनादेखि टिकट विक्री गर्दै आएको थियो । मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने टिकटमा उल्लेख गरिएको थियो । तर, उनको प्रस्तुति हेर्न पुगेका युवाहरुले मार्समेलो नआएको थाहा पाएपछि तोडफोडमा उत्रिएका थिए ।