‘बलात्कारी’ जोगाउन करोडौंको चलखेल,यी हुन बलात्कारमा संलग्न चार अभियुक्त

‘बलात्कारी’ जोगाउन करोडौंको चलखेल,यी हुन बलात्कारमा संलग्न चार अभियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा व्याप्त रहेको सामुहिक बलात्कारका घटनाजस्तै काठमाडौंमा पनि देखिन थालेको छ । गएको साता होटल ल्याण्डमार्कमा भएको फिल्मी शैलीको सामुहिक बलात्कार काण्ड र उक्त काण्ड ढाकछोप गर्न केहि प्रहरी अधिकृत लागि परेपछि उक्त घटना फिल्मी शैलीको बनाइएको छ ।

 

 

 

आफैले गर्लफ्रेण्डलाई तीन जना थप केटा बोलाएर बलात्कार गराउने रामेछापका शैलेश कार्की घटनाका मुख्य आरोपित हुन् । कार्की पैसाको लागि केटी सप्लाई गर्दै हिड्ने व्यक्ति हुन् । दिनहुँ डिस्को धाउने कार्कीको काम नै केटीलाई आर्थीक प्रलोभनमा पारेर ग्राहक सम्म पु¥याउने भएको उनीनिकट बताउँछन् ।

 

 

सोहि दिन पनि होटलमा ति केटि पु¥याउने काम सिन्धुपाल्चोकका दिनेश श्रेष्ठको योजनामा भएको थियो । श्रेष्ठ सुनका क्यारिङ गर्ने भरिया हुन् । होटलको कोठा शैलेशको नाममा बुक भएपनि पैसा भने श्रेष्ठले तिरेका थिए । शैलेशले ति युवतीलाई होटलको कोठामा लगेर मदिरा पिलाएका थिए ।

 

 

युवती मदिराले लठ्ठीएपछि दरबारमार्गको डेजाबु डिस्कोमा बसेका बिकास गौतम, रवि पौडेल र श्रेष्ठ होटल ल्याण्डमार्क पुगेका थिए । होटलको कोठामा मदिराले लठ्एिकी ति युवतीलाई कार्की सहित चार जनाले बलात्कार गरेका थिए । यो ग्याङको नाईके भने बिकास गौतम हुन् । बाउको सम्पतीले मात्तिएका गौतमको कमजोरी र मदिरा र युवती भएको उनका समकक्षी बताउँछन् ।

 

साँझ परेपछि डिस्को धाउँने श्रेष्ठको धन्दा बिकासलाई युवती मिलाउने र उनकै पैसामा मोजमस्ती गर्ने हो । सुन तस्करीमा पटक पटक पक्राउ परेका श्रेष्ठ भक्तपुरका गुण्डा नाईके सगुन श्रेष्ठका सहयोगी हुन् । उनको सञ्चारमन्त्री मोहन बस्नेतसँग पनि निकटको सम्बन्ध छ ।

 

केही महिना अघि यहि समुहले डिस्को आएका  नर्भिक अस्पतालका दुई नर्सलाई समेत सोही होटलमा सामुहिक बलात्कार गरेका थिए । तर ति नर्सले आफ्नै बद्नाम हुने डरले प्रहरीमा उजुरी नगरेकोे स्रोत बताउँछ । डिस्कोमा भेटिने केटीलाई मदिरा खुवाएर यो समुहले सामुहिक बलात्कार गर्दै आएका छन् ।

 

 

उता युवती बलात्कारपछि प्रहरीको गराएका मिलापत्र प्रकरणले अहिले चर्चा पाएको छ । पैसाको प्रलोभनमा परेर दरबारमार्ग वृत्तका डीएसपी तिलक भारती, मद्दा फाँटका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीले घटना ढाकछोप गरेपछि उनीहरू कारबाहीको दायरमा आएका छन् ।

 

 

युवतीलाई दवाब सहितको प्रलोभनमा पारेरको भन्दै गठित छानविन समितिले सई चन्द्र भण्डारीलाई निलम्बन र प्रहरी निरीक्षक ठकुरीलाई निलम्बनका लागि सिफारिस गरेको छ । डीएसपी भारतीमाथि अनुसन्धान भई रहेको जनाएको छ ।

 

 फोटो :अपराधखबरबाट