दुर्गा प्रसाईंलाई साइबर ब्युरोको जिम्मा लगाइयो

दुर्गा प्रसाईंलाई साइबर ब्युरोको जिम्मा लगाइयो


काठमाण्डु- पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्युरो पठाइएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो।

पक्राउपछि प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो। परीक्षणपछि उनलाई सीआईबीले आफूमातहतको साइबर ब्युरोको जिम्मा लगाएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएर बनाएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) मा अनुसन्धान हुने भएको छ।