काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराध मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरे पनि अर्काे मुद्दाको अनुसन्धानका सिलसिलामा उनले प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ ।
बिहीबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि उनी अर्काे मुद्दामा प्रहरी हिरासतमै छन् ।
आपराधिक विश्वासघातको कसूरमा उनलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा गलत भ्रम फैलाएको आरोपमा उनी अनुसन्धानमा छन् ।
प्रतिक्रिया