काठमाण्डु– व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ ।
मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।
कुमारी बैंकको विर्तामोड शाखासहित ४ वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएको हो ।
प्रशाईंले बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका थिए । यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।
अदालतको राय किताबमा भनिएको छ ‘रिट निवेदकले विपक्षी बैंक उपर यसै निवेदनलाई उल्लिखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत परिपालन गराइ पाउँ भनी मुद्दा दायर गरी साधारण क्षेत्राधिकार अन्तरगत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसेकको देखिएको,’ ‘‘मिति २०८०–१–१० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएकोसमेतबाट प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने विद्यमान अवस्था देखिएन ।’
प्रतिक्रिया