काठमाण्डु– तिनकुने घटनापछि फरार रहेका राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
फरार रहेको १४ दिनपछि उनलाई भारतको असाम राज्यबाट पक्राउ गरिएको हो । उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउँदै गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
तीनकुने घटनामा प्रहरीलाई गाडीले पेलेर प्रदर्शनकारीलाई उक्साएका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।
उनले पटक पटक आफू नभागेको र आफ्नो ज्यानको सूरक्षाको जिम्मा लिए आफै प्रहरी समक्ष आत्मासमर्ण गर्ने भन्दै आएका थिए ।
यस्तै उनको सचिवालयले फेसबुक पेजमा स्टाटस लेख्दै प्रसाईँले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएको छ ।
स्टाटसमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !(दुर्गा प्रसाईँ) जय देश जय रास्टवाद!!’

प्रतिक्रिया