दुर्गा प्रसाईंलाई अदालतमा पेस गरियो

दुर्गा प्रसाईंलाई अदालतमा पेस गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ। उनलाई प्रहरीले आज काँकडभिट्टबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो।

प्रसाईंलाई १२ दिन हिरासतमा राख्न नेपाल प्रहरीले अनुमति माग गरेको छ।

प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको हो।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शन पश्चात फरार रहेका थिए ।