मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ


काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । साइबर अपराधको मुद्दामामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।