दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरियो

दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरियो


काठमाण्डु– पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो ।

त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो ।साइबर अपराधको मुद्दामामा उनलाई आज भक्तपुरबाट पक्राउ गरिएको हो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।