दुर्गा प्रसाईं अस्पताल भर्ना

दुर्गा प्रसाईं अस्पताल भर्ना


काठमाण्डु– पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।

साइबर अपराध गरेको आरोपमा आइतबार दिँउसो पक्राउ परेका प्रसाईं आइतबार साँझदेखिनै वीर अस्पताल भनाए भएका हुन् ।

चिकित्सकको सिफारिसमा उनलाई अस्पताल राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए ।

वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने बताएका थिए । ।

काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।