प्रहरीलेले जहाँ बेलाउँछ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन : दुर्गा प्रसाईं

प्रहरीलेले जहाँ बेलाउँछ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन : दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई थुनेपनि आन्दोलन नरोकिने बताएका छन् ।

उनले आफूलाई पक्राउ गर्ने सूचना प्राप्त भएको भन्दै अब दुर्गा व्यक्ती नभएर बिचार र अभियान भएकाले आन्दोलन नरोकिने बताएका हुन् ।

प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ ।

उनले भने ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’

उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।

‘हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’ उनले भने, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ?जुन अप्रिय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’