काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामा राख्न काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले अनुमती दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अधिकारीको इजलासले अनुमति दिएको हो ।
सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित घरबाट पक्राउ गरेर थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।
प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै प्रसाईंलाई पक्राउ गरेको थियो ।
प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको केही कागजातहरु देखाउँदै कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा त्यो अभिव्यक्ति भाइरल भएपछि प्रहरीले थालेको अनुसन्धानमा प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेपछि पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी दिपक थापाले जानकारी दिए ।
प्रतिक्रिया