विराटनगरले चितवनलाई दियो १५२ रनको लक्ष्य

विराटनगरले चितवनलाई दियो १५२ रनको लक्ष्य


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारिवर्सले चितवन टाइगर्सलाई १ सय ५२ रनको विजयी लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउँदै उक्त लक्ष्य दिएको हो ।

विराटनगरका सिकन्दर राजाले ४७ बलमा २ चौका र ७ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । अनिल शाहले ३२ र सौरभ खनालले अविजित ३० रन बनाए ।