सुरु भयो ईपीएल: काठमाण्डुले टस जितेर ललितपुरविरुद्ध बलिङ गर्दै

सुरु भयो ईपीएल: काठमाण्डुले टस जितेर ललितपुरविरुद्ध बलिङ गर्दै


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण सुरु भएको छ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणकाे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाण्डु किंग्स-११ बीच सुरु भएको छ । काठमाण्डुले टस जितेर ललितपुरविरुद्ध बलिङ गर्दैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको को टिममा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि छन् ।

अन्य दुई जना राएन ब्रलरहमानुल्लाह गुर्बाज विदेशी खेलाडी छन् । यता कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको साविक विजेता ललितपुरमा सन्दुन विराकोडी, ओसादा फर्नान्डो र रन्जुन मिक्यो दोर्जी विदेशी खेलाडी छन् ।

९ देखि २३ गतेसम्म चल्ने इपिएल प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्नेछन् ।