काठमाण्डु – काठमाण्डुमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
सिन्धुपाल्चोलाई केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना रहेको बताए ।
सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाण्डु र धादिङलगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया