टर्कीमा भुकम्प गयो, १८ जनाको मृत्यू

टर्कीमा भुकम्प गयो, १८ जनाको मृत्यू


अंकारा – टर्कीमा भूकम्पका कारण १८ को मृत्यू भएको छ । भुकम्पको धक्का ठूलो भएका कारण छिमेकी मुलुकहरु इराक, सिरिया र लेबनानमा समेत महशुस गरिएको थियो ।

रेकटर स्केलमा भूकम्पका तीव्रता ६.७ मापन गरिएको छ । भूकम्पका कारण १० भवनहरु ढलेका छन् । यसको सबैभन्दा ठूलो क्षती इलाजिग प्रान्तमा भएको छ । भूकम्पका कारण करिब २०० भन्दा बढी मानिस घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्दार र बचाउ अभियान चलाइएको छ । घाइतेलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

टर्कीमा भूकम्पका झट्काले घरहरु हल्लिएका थिए । भूकम्पका कारण कैयौ भवनमा आगो समेत लागेका छन् । टर्कीमा आएको यो विध्वंसले ठूला–ठूला भवनहरु ध्वस्त भएका छन् । भवनहरुको भग्नावशेषमा कैयौ मानिस पुरिएको आंशका गरिएको छ ।

झट्का ठूलो भएकाले मानिस घर बाहिर आएर बसिरहेका छन् । ज्यान जोगाउनका लागि मानिस घरबाट सडकमा आएका छन् । सवारी साधनहरु रोकिएका छन् । मानिस सडकमा आएर चिच्याइरहेका छन् । १५ पटकसम्म परकम्पन महशुस गरिएको छ । भूकम्प करिब रातीको ८ बजेर ५५ मिनेटमा आएको थियो ।