मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का


काठमाण्डु- मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहीबार बिहान ७ बजे ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर लगातार दुइवटा भूकम्प गएको थियो ।