म्यानमारमा शक्तिशाली भूकम्प

म्यानमारमा शक्तिशाली भूकम्प

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- म्यानमारमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । तर यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा थियो । भूकम्पबाट हालसम्म कुनै क्षतिको समाचार आएको छैन ।

भारतीय मिडियाले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । उता, थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पले मज्जाले हल्लाएको थियो ।