जाजरकोटमा २ पटक भूकम्प

जाजरकोटमा २ पटक भूकम्प

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जाजरकोटमा दुईवटा भूकम्प गएका छन्।

कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार राति र मंगलबार बिहान गरेर दुईवटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प राति ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो। त्यसैगरि दोस्रो भूकम्प मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा गएको थियो । उक्त भूकम्प ४.४ म्याग्निच्युटको थियो।

लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

गत चैत २१ गते पनि पैँक क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। त्यतिबेला पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए। यी दुई भूकम्पका कारण त्यो क्षेत्रमा केही घरमा सामान्य क्षतिसमेत पुगेको थियो।

पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन्।

चैत २० गते दार्चुला केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो।