एजेन्सी– इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्याग्नीच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू–गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् ।
यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो ।
सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ ।
प्रतिक्रिया