भूकम्पमा परी ९५ जनाको मृत्यु, १ हजार बढी घरमा क्षति

भूकम्पमा परी ९५ जनाको मृत्यु, १ हजार बढी घरमा क्षति


काठमाण्डु– चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ ।

न्युज एजेन्सी एपीका अनुसार भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् ।

पश्चिम चीनको उच्च उचाइ क्षेत्र र नेपालको सीमा पारी रहेका दर्जनौं मानिसहरु पराकम्पनका कारण फसेको समाचारमा उल्लेख छ ।

सरकारी सञ्चारमाध्यमले तिब्बत भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै करिब १ हजार घरमा क्षति पुगेको र १३० जना घाइते भएको जानकारी दिएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणले ७.१ म्याग्निच्युडको भूकम्प मापन गरेको छ । करिब १० किलोमिटर (६ माइल) गहिराइमा रहेको उक्त भूकम्प अपेक्षाकृत कम रहेको बताएको छ ।

चीनले भने ६.८ म्याग्निच्युड रेकर्ड गरेको छ।