मुगुमा ४.४ म्याग्निच्यूडको भूकम्प

मुगुमा ४.४ म्याग्निच्यूडको भूकम्प


काठमाण्डु- मुगुमा शुक्रवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर तीन मिनेट जाँदा जिल्लाको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् ।

पुस यता पश्चिम नेपालमा लगातार सानो भूकम्प गइरहेको छ । पछिल्लो समय सुदूरपश्चिम र कर्णालीमा १३ पटक भूकम्प गइसकेको छ ।