विश्वविद्यालयका उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गर्न शिक्षामन्त्रीको निर्देशन

विश्वविद्यालयका उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गर्न शिक्षामन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका काठमाडौं उपत्यकाभित्र रहेका सबै सम्पर्क कार्यालय खारेज गर्न निर्देशन दिएका छन्।

उनले ती कार्यालय असार महिनाभित्र खारेज गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयले पछिल्लो एक महिना गरेका काम शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मन्त्री पोखरेलले केही दिनमै ‘सार्वजनिक विद्यालय सुधार योजना’ सार्वजनिक गर्न लागिएको पनि जानकारी दिए।

सार्वजनिक विद्यालय सुधारको माग चौतर्फी रुपमा भइरहेका बेला सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्न सुधार योजना सार्वजनिक गर्न लागेको हो।