शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था यसअघि नै भए पनि कार्यान्वयनमा आउन सकेको थिएन।

विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले विद्यार्थी संगठनको माग सम्बोधन गर्न आफू र वर्तमान सरकार तयार रहेको बताए।

ज्ञापनपत्र बुझाउन पुगेका अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीले आर्थिक वर्ष २०७५–७६ को बजेट निर्माणको तयारी भइरहेको बेला शैक्षिक प्रमाणपत्र धितोमा राखी निब्र्याजी ऋण उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए।

ज्ञापनपत्र बुझाउन अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनका नेता मन्त्रालय पुगेका थिए।