राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बने गाेरखाका अाकाश परियारकाे अभिभावक

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बने गाेरखाका अाकाश परियारकाे अभिभावक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा–राष्ट्रियस सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाेरखाका ५ वर्षीया अाकाश परियारलाई विद्यालय भर्ना गरेका छन्।

 दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारकाे अभियानअन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका अाकाशलाई पाेखरा-५ पर्स्याङस्थित धर्मस्थली अाधारभूत विद्यालमा भर्ना गर्दै स्कूले शिक्षाकाे अभिभावक बनेका हुन्।

अामा रिता परियारसँगै अाएका अाकाशलाई पाठ्यपुस्तक, पाेशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उनले अाकाशलाई विद्यालय तहसम्मकाे शिक्षाका लागि अाफ्नाे सहयाेग रहने बताए।

“बच्चाकाे बुवा-अामा त चाहेर पनि हुन सक्दशेन। तर, अभिभावकले पूरा गर्नुपर्ने शिक्षादिक्षा दिने जिम्मेवारी म पूरा गर्छु,” उनले भने, “सबै बालबालिकालाई विद्यालय पुर्‍याउने सरकारकाे याेजना सबै मिलेर पूरा गर्नुपर्छ।”

यही चैतमा अाफ्नाे बाबू सुनील परियार गुमाएका अाकाश पाेखरामा तीन दिदी र अामासंगै बस्दै अाएका छन्। अामाले मजदुरी गर्दै तीन दिदी र उनलाई हुर्काउदै अाएकी थिइन्।