इजिप्टको अदालतले ७५ जनालाई मृत्युदण्डको सजायँ सुनायाे

इजिप्टको अदालतले ७५ जनालाई मृत्युदण्डको सजायँ सुनायाे


बीबीसी : इजिप्टको एक अदालतले सन् २०१३ मा मुस्लिम ब्रदरहुड पार्टीको धर्नामा संलग्नमध्ये सात सयजनामाथि विभिन्न फैसला सुनाएको छ ।

तीमध्ये ७५ जनालाई मृत्युदण्ड र ४७ जनालाई आजीवन कारवासको सजाय सुनाएको छ । फैसलालाई मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेसनलले ‘गलत र अन्नपूर्ण फैसला’ भन्दै यसले संविधान उल्लंघन गरेको बताएको छ ।

अदालतको यो निर्णय सन् २०१३ मा पूर्व राष्ट्रपति मोहम्मद मोरसीको समर्थमा भएको हिंस्रक प्रदर्शनका लागि सुनाएको हो । यसन् २०१३ मा इजिप्टको राजधानी काहिरामा प्रदर्शनको क्रममा सुरक्षाबलले कम्तीमा आठ सयको हत्या गरेका थिए ।

दर्जनौं मानिसहरुलाई आजिवन कारावासको सजायँ सुनाइएको छ । एम्नेस्टी इन्टरनेशनलले अदालतको यो निर्णयमा असुन्तुष्टि जनाएको छ । एम्नेस्टीका अनुसार यो हास्यास्पद निर्णय हो किनभने यसमा एकजना पुलिसलाई पनि सजायँ तोकिएको छैन ।

एम्नेस्टी इन्टरनेशनलका हुसैन बामीले भने, ‘अदालतमा अभियुक्तको पक्षमा सबै प्रत्यक्षदर्शी र प्रमाण पेश गर्न दिइएन । तर दोस्रो पक्षले जुन पनि प्रमाण अदालतमा ल्याइरहेका थिए त्यसलाई स्विकार गरिएको थियो । सबै ७५ को मृत्युदण्ड राजनीतिक रुपमा प्रेरित छ । यो निर्णयले वर्तमान सरकारविरुद्ध प्रदर्शन गर्नेहरुलाई यस्तै सजायँ दिइनेछ भनी जानकारी दिन खोजेको छ । यता सुरक्षाबललाई निकै सजिलै माफी दिइएको छ ।’

सन् २०१३ मा धेरैजसो प्रदर्शनकारी काहिराको राबा अल–अदविरा स्क्वेयरमा मारिएका थिए । उक्त प्रदर्शनकारी मोरसीका समर्थक र मुस्लिम ब्रदरहुडका सदस्य थिए । प्रदर्शनकारी अब्देल फतह अल–सिसीका सैन्य ‘कू’विरुद्ध मोरसीका समर्थकले प्रदर्शन गरिरहेका थिए । अल–सिसीले तीन जुलाई सन् २०१३ मा ‘कू’ गरेको थियो ।

अदालतले केही अभियुक्तलाई कम अवधीको सजायँ सुनाएको छ । सजायँ पाउनेहरुमा इस्लामिक नेता पनि समावेश छन् ।

फोटो जर्नलिस्ट महमूद अबु जैदलाई पनि पाँच वर्षको जेल सजायँ सुनाइएको छ जसले प्रदर्शनकारीहरुलाई तितरबितर बनाइरहेका सुरक्षाकर्मीको फोटो खिचेका थिए । उनलाई चाँडै नै जेलबाट रिहा गरिने अनुमान गरिएको छ किनभने मुद्धाको सुनुवाईमा नै उनले पाँच वर्ष जेलमा बिताइसकेका छन् ।

उनका भाइ महमूदले भने, ‘मलाई आशा छ कि हामी उनलाई चाँडै नै जेलबाट बाहिर निकाल्न सफल हुनेछौं । प्रक्रिया पूरा हुन समय लाग्नेछ । यसबारे हामी आफ्नो वकिलको सल्लाह अनुसार अगाडि बढ्नेछौं ।’

यो मामलामा सरकारले थुप्रै प्रदर्शनकारीसँग हतियार पनि थियो र झडपमा आठ पुलिसकर्मीको ज्यान पनि गएको बताएको छ । यद्यपी, यसअघि सरकारले प्रदर्शनमा ४० पुलिसकर्मीको ज्यान गएको बताएको थियो ।