एकता मार्गमा उपत्यका विकासकाे डोजर पुग्दा स्थानीयले गरे अवरोध (तस्वीरहरु)

एकता मार्गमा उपत्यका विकासकाे डोजर पुग्दा स्थानीयले गरे अवरोध (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१ वडास्थित एकता मार्गमा सार्वजनिक जग्गा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

बिहीबार दिउँसो प्राधिकरणका आयुक्त सुभाष बस्नेतको अगुवाइमा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक विस्तार गरिएको र संरचना बनाइएकाले प्राधिकरणको अगुवाइमा डोजरसहित पुगेका कर्मचारीलाई स्थानीयले अवरोध गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेलको निर्देशनमा उक्त क्षेत्रमा मापदण्ड विपरित संरचना निर्माण गरिएको र सडक विस्तार गरिएको उपत्यका विकास प्राधिकरणका कर्मचारीहरुको भनाइ छ ।

उक्त क्षेत्रको सडक आठ मिटर कायम गर्नुपर्नेमा ६ मिटरमा खुम्च्याएर सार्वजनिक जग्गा मिचिएको प्राधिकरणको भनाइ छ ।