उपनिर्वाचनका लागि प्रहरी र सशस्त्रले बनाए केन्द्रीय निर्वाचन सेल

उपनिर्वाचनका लागि प्रहरी र सशस्त्रले बनाए केन्द्रीय निर्वाचन सेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।

नेपाल प्रहरीले कार्य विभागका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाको संयोजकत्वमा निर्वाचन सेल बनाएको छ ।

सशस्त्र प्रहरी बलले प्रधान कार्यालयमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजयन सुवेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।

प्रदेशमा एसपी, गण भएका जिल्लामा डीएसपी र गुल्म भएका जिल्लामा इन्स्पेक्टरको कमाण्डमा निर्वाचन सेल गठन गर्ने निर्णय सशस्त्र प्रहरीले गरेको छ ।

निर्वाचनको सुरक्षामा प्रहरी र सशस्त्र दुवै सुरक्षा निकाय परिचालन हुनेछन् ।