काठमाण्डु – निर्वाचन आयोगले उपनिर्वाचनका लागि बन्ने मतदान केन्द्र सबैको पहुँच हुने गरी निर्माण गर्न निर्देशन दिएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्देशन दिएको छ ।
आयोगले भनेको छ, ‘मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण गर्दा सम्बन्धित स्थानीय तहसँगको सहयोग र समन्वयमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्गता भएका मतदाताको गोप्य मतदान कक्षसम्म जानको लागि सहज मार्गको व्यवस्था, उपयुक्त स्थानमा गोप्य मतदान कक्ष तथा मतपेटिका राख्ने व्यवस्था, मतदान केन्द्रमा प्रवेश गर्दा र मतदान गरिसकेपछि बाहिर निस्किँदा सहज मार्गको व्यवस्था एवं सम्भव भएसम्म विश्रामस्थलको समेत व्यवस्थाका लागि निर्देशन दिइएको छ ।’
आयोगले मंसिर १६ गते आईतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई समेत सहजतापूर्वक मतदान केन्द्रमा गई आफ्नो अमूल्य मत प्रदान गर्न यथोचित व्यवस्थाका लागि उपनिर्वाचन हुने स्थानीय तहलाई यसअघि नै निर्देशन दिइसकेको छ ।
हेर्नुहोस् विज्ञप्ति –
प्रतिक्रिया