सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौं – संघीय संसद् सचिवालयले माघ १२ गते सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखका लागि उमेदवारी दर्ता गर्ने समय दिइएको छ । दर्ता सकिएको आधा घण्टापछि अर्थात् सोही दिन साढे २ बजे दर्ता भएका उमेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिनेछ ।

माघ १२ गते दिउँसो ३ बजे उमेदवारीको प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ । नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार चयन गरेको छ ।