कास्की – राष्ट्रिय सभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको चुनावमा श्रेष्ठले विपक्षी कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १२१८ मतभारले पराजित गरेका हुन् ।
श्रेष्ठले ३४६२ मतभार ल्याएर विजयी हुँदा रेग्मीले २२४४ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै महिलातर्फ पनि नेकपाकै उम्मेदवार भगवती न्यौपाने विजयी भएकी छन् । उनले ३३६६ मतभार प्राप्त गर्दा विमला गौचनले २३४० मतभार प्राप्त गर्दै पराजित भइन् ।
प्रतिक्रिया