बम आतंकले छेकेन मतदातालाई : कहाँ के भयो?

बम आतंकले छेकेन मतदातालाई : कहाँ के भयो?


काठमाडाैं–मुलुकका ३२ जिल्लामा आइतबार बिहानबाट सुरु भएको निर्वाचनमा मतदताको उत्साहपूर्ण सहभागिता रहेको छ।

 

 

एकाध स्थानमा सामान्य घटना भएपनि ३२ वटै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहपूर्ण ढंगबाट मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

 

 

 

निर्वाचनलाई प्रभावित पार्न मतदाता हिँड्ने बाटोमा बम राख्नुका साथै मतदान स्थल नजिकै बम विस्फोटका घटना भएका छन्। त्यसले मतदातालाई छेक्न सकेको छैन।

 

 

 

निर्वाचन बिहस्कारको घोषणा गरेको नेकपासहितका दल तथा समूहले अवरोधका बाबुजुद मतदाता आफ्नो मताधिकारको प्रयोग गर्न मतदान स्थलसम्म पुगेका छन्।

 

 

 

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ।

 

 

 

 

कहाँ के भयो?
–रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका –७, मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखा मतदानस्थल र वडा नम्बर –८, बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। यद्यपी, मतदान कार्य जारी छ।

 

 

चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचवटा बम विष्फोट गराइएकोे हो।

 

 

 

–पश्चिम बागलुङमा फेला परेको प्रेसर कुकर र सुतली बम नेपाली सेनाले डिस्पोज गरेको छ।

 

 

 

–रोल्पाको पश्चिममा पर्ने सुकीदहगाउँपालिका वडा नम्बर ४ पाखापानीमा मतदान सुरु हुनुपूर्व तीन बम विस्फोट भएका छन्।

 

 

–गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ।

 

 

–बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान केन्द्र र नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको छ। बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेका छ।

 

 

–धादिङको गल्छी कुलभञ्याङमा मतदाता हिँड्ने बाटोमा तारले बेरेको सुतली बम भेटिएको छ। यसैगरी, धादिङका दुईवटा मतदात केन्द्र नजिकै राखिएका दुईवटा बम डिस्पोज गरिएको छ।

 

 

 

–बाजुराको बुढीनन्दा नगरपालिका– ८ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएपनि प्रहरीले ३ राउण्ड हवाइफायर गरेको छ।

 

तस्बिर : बीबीसी नेपाली सेवाबाट साभार।