काठमाडौं–निर्वाचन आयोगले परामर्शका लागी प्रमुख पांंच राजनीतिक दलका शीर्ष नेताहरुलाई वोलाएको छ ।
राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका रहेको छ । राष्ट्रियसभा निर्वाचन र व्यवस्थापनवारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ ।
प्रदेश प्रमुख नतोकिदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । माघ ५ गतेभित्र प्रदेश प्रमुख नियुक्त नभएसम्म राष्ट्रियसभा निर्वाचनको समग्र कार्यतालिका नै प्रभावित हुन सक्ने आयोगले चेतावनी दिएको छ ।
प्रतिक्रिया