काठमाडौं–निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयुक्तहरूको आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
प्रमुख निर्वाचन आयुक्तको घरमा आइतबार बेलुका बम बिस्फोट भएपछि आयोगले सरकारसँग सुरक्षाको प्रबन्धको माग गरेकाे हाे।
यसैबीच, यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ।
आयोगले विज्ञप्ति जारी गरी भर्खरै मात्र तीन तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको घटनालाई ध्यानमा राखी डा यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा भएको घटनाको यथाशीघ्र छानवीन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
प्रतिक्रिया