राष्ट्रियसभामा ८३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभामा ८३ जनाको उम्मेदवारी दर्ता


काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनका लागिसातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता सम्पन्न भएको छ।

 

 

सातवटै प्रदेशमा गरी विभिन्न नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ।

 

 

दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिनका लागि माघ ११ गते बिहान १० देखि १२ गते ५ बजेसम्मका लागि समय तोकिएको छ। मनोनयनपत्र र उजुरी उपर जाँजबुझ गरी निर्णय गर्न माघ १३ र १४ गते, उम्मेदवारले नाम फिर्ता लिन माघ १४ गते २ बजेसम्मको समय तोकिएको छ।

 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।