एजेन्सी – अहिलेसम्म तपाईले आफ्नो देश तथा विश्वमा विद्युतीय बाइक तथा कार लन्च भएको सुन्नु भएको होला । तर अब यो भन्दा पनि अगाडि बढ्दै क्यानडामा विश्वकै पहिलो विद्युतीय विमानले उडान भरेको छ । पुरै किसिमबाट विद्युतीय विश्वकै पहिलो व्यापारिक प्रयोजनको विमानले मंगलबार क्यानडामा पहिलो उडान भरेको हो ।
यो विमानले क्यानडाको सहर भ्यानकुभरमा उडान भरेपछि इतिहास रचेको छ । यो विमानमा ६ व्यक्ति सवार थिए र लगभग १५ मिनेटसम्म यो विमान हावामा उडेको थियो । आफूलाई उत्तर अमेरिकाको सर्वा्धिक ठूलो सीप्लेन कम्पनी बताउने भ्यानकुभरस्थित हार्बर एयर तथा सियाटलस्थित म्याग्नी एक्सले ६२ वर्ष पुरानो डीएचसी–२ द हाभिल्यान्ड बिवर विमानमा ७५० हर्सपावरको विद्युतीय मोटर राखेर यसको परिक्षण गरेको हो ।
विमानको परिक्षण भ्यानकुभर अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सूर्योदय भए लगत्तै फ्रेजर नदीमाथि भएको थियो । यो परिक्षण उडान भएको समयमा १०० व्यक्ति त्याहाँ उपस्थित भएका थिए । म्याग्नी एक्सका सीईओ रोए गांजार्सकीले यसबाट पुरै विद्युतीय व्यापारिक प्रयोजनको विमानले काम गर्न सक्ने बताए । म्याग्नी एक्सले विमानको मोटरको डिजाइन गरेका हुन् र हार्बर एयरसँग मिलेर यसमा काम गरेका हुन् ।
गांजार्सकीका अनुसार ई–प्लेनका कारण कार्बन उत्सर्जन शून्य हुने र कम लागगमा इन्धनको पनि बचत हुनेछ । यो विद्युतीय एभिएसनको युगको सुरुवातका संकेत भएको उनले बताए । नागरिक उड्डयन कार्बन उत्सर्जनको सबैभन्दा तीव्र रुपमा बढेको श्रोत मध्येका एक भएको उनको भनाई छ । किनकी हवाई यात्रीको संख्यामा तीव्र दरमा वृद्धि भइरहेको छ ।
हार्बर एयरका प्रमुख कार्यकारी अधिकारी तथा संस्थापक ग्रेग म्याकडगलले भने,“हामीले इतिहास रच्यौ ।” हार्बर एयरले आफ्नो बेडामा समावेश सबै ४० विमानलाई ई–विमानको रुपमा फेरिने बताए । गांजार्सकीका अनुसार जुन विमानले उडान भ¥यो त्यसको गती सीमित थियो र लिथियम ब्याट्रिबाट १६० किमीसम्मको उडान मात्रै भएको छ । विश्वका अन्य विमान कम्पनीहरुले पनि विद्युतीय विमानमा काम गरिरहेका छन् । यसमा बोइङ र एयरबस पनि समावेश छ ।
प्रतिक्रिया