काठमाण्डु– विद्युत प्राधिकरण सञ्चालक समितिले लाइन काटिएका उद्योगहरूमा लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले प्राधिकरणलाई लाइन काटिएका उद्योगहरूमा तत्काल लाइन जोड्न निर्देशन दिएको हो ।
बैठकले विद्युत महशुल नतिरेका उद्योगीलाई महशुत तिर्न तीन महिनाको समय दिने निर्णय पनि गरेको छ । निर्णय अनुसार ३ महिनाभित्र ६१ उद्योगले ६ अर्व ६० करोड बक्यौता रकम तिर्नुपर्नेछ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जामन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योगी व्यवसायीलाई सँगै राखेर तत्काल विद्युत् लाइन जडान गर्न निर्देशन दिएका थिए। शुक्रबारै बसेको बोर्ड बैठकले लिखित निर्णय नआएसम्म काटिएको विद्युत जडान गर्न नसक्ने निर्णय गरेको थियो।
विद्युत नियमन आयोगले आइतबार विद्युत प्राधिकरणलाई उद्योगको लाइन जोड्न पत्र काटेको छ। आइतबार नै संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वर्षदेखि विवादिन विषय भएकाले उद्योगको लाइन काटेर महशुल नउठ्ने बताएका थिए।
प्रतिक्रिया