काठमाण्डु– आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको छ । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको हो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।
पुलिसका ललित एक्लैले ७ विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् ।
यस्तै आजको दोस्रो खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई १०२ रनमा रोकेको छ । जनकपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मधेश ३५ ओभर ३ बलमा १०२ रनमा रोकिएको हो ।
ब्याटिङमा मधेसका मायन यादवले सर्वाधिक २१ रन जोडे । निरोज यादवले १२, विशाल पटेलले १६ रन बनाए ।
बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । सुर्य तामाङले ३, प्रतिश जिसी र नन्दन यादवले एकएक विकेट लिए ।
प्रतिक्रिया