प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनामा अमेरिकी सरकारले दियो चेतावनी

प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनामा अमेरिकी सरकारले दियो चेतावनी


काठमाण्डु-अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ । अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा एलोन मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।

मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ । एलोन मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो ।

मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपील गरिएको छ ।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिमध्ये एकलाई एक मिलियन अमेरिकी डलर दिइनेछ । केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने बताइसकेका थिए ।

अक्टोबर १९ मा पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो ।