एलन मस्कले मतदातालाई चुनावअघिसम्म १० लाख डलर दिइराख्न मिल्ने फैसला

एलन मस्कले मतदातालाई चुनावअघिसम्म १० लाख डलर दिइराख्न मिल्ने फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी–एलन मस्कको राजनीतिक समूहले अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक हुने ठानिएका विभिन्न ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला एक न्यायाधीशले सुनाएका छन्।

मस्कको अमेरिका पीएसीले पुरस्कार दिने उक्त अभियान मङ्गलवार सम्पन्न हुने छ। अन्तिम प्रापक छनोट भइसकेको अमेरिकी धनाढ्यका वकिलले सोमवार भएको एउटा सुनुवाइमा बताएका छन्।

सबैलाई छक्क पार्ने गरी ती वकिलले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू चिट्ठाको विधिबाट नछानिएको बताए। उनका अनुसार सबै विजेताको नाम सो समूहले नै छानेको हो।

फिलाडेल्फियाका सरकारी वकिल लरेन्स क्र्यास्नरले निर्वाचनमा महत्त्वपूर्ण प्रभाव पार्ने ठानिएका ट्रम्प वा ह्यारिस ‘जोसुकैको पक्षमा पनि जान सक्ने’ राज्यहरूका एक मतदातालाई मतदानको दिनअघिसम्म प्रत्येक दिन १० लाख अमेरिकी डलर दिने बताएका थिए।

मस्कले सञ्चालन गरेको पीएसीले सामाजिक सञ्जाल एक्समा चुनावको दिनसम्म आफ्नो अभियानमा सहभागी हुने अमेरिकी मतदातामध्येबाट छानिएका एक व्यक्तिलाई प्रत्येक दिन १० लाख डलर पाउन छानिने बताएको थियो। बीबीसी