काठमाडौं – दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आइतबार काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको छ ।
प्रदर्शनकारीहरुले तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन् । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नुपरेको विप्लव नेतृत्वको पार्टीको भनाई छ । घेराउ कार्यक्रममा नेकपाका जवस मोर्चासहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया