काठमाण्डु – सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षमा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै योजना ल्याएका छन् ।
अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने लगायतका लक्ष्य लिएका छन् ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्ष पुगेको स्मरण गर्दै उनले विद्युत उत्पादन बढेको बताएका हुन् ।
लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन सात सय मेगावाटबाट बढेर तीन हजार ६० मेगावाट पुगेको उनले बताए।
प्रतिक्रिया