सिडेन प्रदेश ५ द्वारा महाविर पुनको आविस्कार केन्द्रलाई १ लाख सहयोग

सिडेन प्रदेश ५ द्वारा महाविर पुनको आविस्कार केन्द्रलाई १ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेन ) प्रदेश ५ ले महाविर पुन सञ्चालन गरेको राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख सहयोग गरेको छ । पुनको आविस्कार केन्द्रले कोरोना भाईरसको महामारीबाट बच्न र बचाउन सहयोग गर्न अत्यावश्यक, महत्वपूर्ण, विश्वस्नीयतार गुणस्तरीय कोरोना परिक्षण नमुना संकलन बुथ, पिपिई , स्यानिटाईजर टनेल लगायतका सामाग्रीहरु निमार्ण गरिरहेको छ ।

सिडेन प्रदेश ५ का सह सचिव ई.अर्जुन गिरीकाअनुसार सिडेनका इन्जिनियरहरुद्धारा सहयोग संकलन गरि पठाईएको हो । ई. गिरीकाअनुसार संचालक वैज्ञानिक पुनले इन्जिनियर समुहलाई धन्यबाद दिएका थिए ।

स्थानीय स्तरका इन्जिनियरहरु कोरोना बुथ तथा स्यानिटाईजर टनेल बनाउन आफैं सक्षम भएतापनि सामाग्रीको गुणस्तर, विश्व स्वास्थ्य संगठन को मान्यतालाई मध्यनजर गर्दै पवित्र उदेश्य बोकेको राष्ट्रप्रेमी वैज्ञानिक महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रोत्साहित गर्ने उद्धेश्यले सहयोग गरिएको ई. गिरीले बताए ।

यस पूण्यकार्यमा सहयोग गर्नु हुने सिडेन प्रदेश ५ आबद्ध सम्पूर्ण इन्जिनियर साथिहरु लाई सिडेन प्रदेश ५ को तर्फबाट धन्यबाद तथा आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरिएको ई. गिरीले बताए ।