ललितपुरले बनायो ईपीएल इतिहासकै विशाल योगफल, विराटनगरलाई २२७ रनको लक्ष्य

ललितपुरले बनायो ईपीएल इतिहासकै विशाल योगफल, विराटनगरलाई २२७ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले विराटनगर वारियर्सलाई इतिहासकै सर्वाधिक ठूलो २ सय २७ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले आजमतुल्लाह ओमरजाई र सान्दुन विराक्कोडीको अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । यो ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो ।

ललितपुरका आजमतुल्लाह ओमरजाइ २४ बलमा ७ छक्का ५८ सहित रनमा अविजित रहे । उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । ओमरजाइले ब्यक्तिगत २ रनमै जीवनदान पाएका थिए । स्पिनर वसन्त रेग्मीको १४ औं ओभरको तेस्रो बलमा डिप मिडविकेटमा सुमित महर्जनले आजमतुल्लाह २ रनमा क्याच ड्रप गरेका थिए । जुन विराटनगरलाई ठूलो भारी पर्यो ।