काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले ५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन बनाएको छ ।
पोखरा ओपनर रिचार्ड लेभी १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भएका छन् । विपिन रावल ७ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित छन् । पोखराले आज लेभीको जोडीको रुपमा विपिन रावललाई पठाएको थियो ।
रावलले क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पाँचौं नम्बरमा ब्याटिङ गर्दै अविजित ४० रन बनाएका थिए ।
प्रतिक्रिया