पवनको अर्धशतकमा ललितपुरले काठमाण्डुलाई दियाे १ सय ५८ रनको लक्ष्य

पवनको अर्धशतकमा ललितपुरले काठमाण्डुलाई दियाे १ सय ५८ रनको लक्ष्य


काठमाण्डु –  एभरेष्ट प्रिमियर लिग (इपीएल) मा ललितपुर प्याट्रियटर्सले उद्घाटन खेलमा काठमाण्डु किंग्स इलेभेनलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । पवनले ४० अर्धशतक प्रहार गरेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । ललितपुर प्याट्रियट्सका पवन शराफले पहिलो अर्धशतक बनाएका छन् ।

पवनले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् । योसँगै चौथो संस्करणको ईपीएलमा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनीसँगै क्रिजमा रहेका योगेन्द्र सिंह कार्कीले ३३ रन जोडेका छन् ।