ईपीएलः गुरबाजको आक्रामक अर्धशतक

ईपीएलः गुरबाजको आक्रामक अर्धशतक


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा अफगानिस्तानका युवा स्टार ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले काठमाण्डु किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध आक्रामक अर्धशतक पूरा गरेका छन्।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाण्डुले ६ ओभरमा २ विकेट गुमाउँदै ६० रन बनाएको छ ।
काठमाण्डुका विकेटकिपर तथा ओपनर गुरबाज २६ बलमा ४ चौका र ४ छक्का सहित ५१ रनमा अविजित छन् ।

उनले मात्र २४ बलमा अर्धशतक प्रहार गरेका थिए । जिम्बावेका रयान बर्ल ४ रनमा अविजित छन् । गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेका थिए ।