ललितपुरविरुद्ध काठमाण्डुको सानदार जित

ललितपुरविरुद्ध काठमाण्डुको सानदार जित


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाण्डु किंग्स इलेभेनले सानदार विजयी सुरुवात गरेको छ । शनिवार उद्धघाटन खेलमा जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट ब्याटिङमा काठमाण्डुले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाण्डुले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । काठमाण्डुको जितमा रयान बर्ल ३४ बलमा ३ चौका र ७ छक्का सहित ७३ रनमा अविजित रहे । रयानले २७ बलमा अर्धशतक पूरा गरेका थिए । स्पिनर ललित नारायण राजवंशीलाई बर्लले १२ औं ओभरमा चार छक्का र १ छक्का सहित एकै ओभरमा २९ रन जोडेका थिए ।

विकेटकिपर तथा ओपनर रहमानउल्लाह गुरबाज ३६ बलमा ४ चौका र ४ छक्का सहित ५६ रनमा आउट भए । उनले २४ बलमा अर्धशतक प्रहार गरेका थिए । गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेका थिए ।

त्यसअघि ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भएका थिए । राजु रिजाल १३ बलमा २ चौका सहित १९ रनमा अविजित रहे । ललितपुरका पवन सरार्फले एक विकेट लिए ।
काठमाण्डुले सोमबार विराटनगर वारियर्ससँग खेल्ने छ ।