काठमाण्डु – एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबारको पहिलो खेल रद्ध भएपछि पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एक खेल मात्र खेलेर आज पाकिस्तान फर्कँदै छन् ।
कीर्तिपुरस्थित टियू मैदानमा सोमबार बिहान हुने भनिएको काठमाण्डु किंग्स र विराटनगर वारियर्सबीचको खेल स्थगित भएसँगै अफ्रिदी एक खेल मात्र खेलेर आज पाकिस्तान फर्कन लागेका हुन् ।
खेल स्थगित भएको केही समयमै अफ्रिदीले टियु मैदान छाडेका थिए । अफ्रिदी नेपाल भ्रमणमा खेल भन्दा पनि मनोरञ्जन, कूटनीतिक भेटघाट र अफ्रिदी फाउन्डसेनको काममा बढी व्यस्त देखिएका छन् ।
क्रिकेटर अफ्रिदी एक खेल खेलेर मात्रै फर्कने भएपछि उनको खेल हेर्न आतुर भएका दर्शकहरू निराश भएका छन् ।अफ्रिदीले आफूले ईपीएलका दुई खेल मात्र खेल्ने बताएका थिए ।
प्रतिक्रिया