ईपीएलमा आज काठमाण्डु र पोखरा भिड्दै

ईपीएलमा आज काठमाण्डु र पोखरा भिड्दै


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा मंगलबार एक खेल हुँदैछ ।

आज काठमाण्डु किङ्स–११ र पोखरा राइनोज भिड्दै छन् । टियू क्रिकेट मैदानमा हुने  उक्त खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

सोमबार तय भएको काठमाण्डु र विराटनगर वारिवर्सबीचको खेल भने मैदान हिलो भएका कारण स्थगित भएको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डुले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।